काठमाडौंलाई साक्षर जिल्ला घोषणा

0
16

काठमाडौं । काठमाडौं जिल्लालाई असोज ४ गते “साक्षर जिल्ला घोषणा” गरिएको छ । जिल्लामा ९६ प्रतिशत भन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान अनुसार काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको हो । काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौं जिल्लामा साक्षर जिल्ला घोषणा गर्नका लागि सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौं घोषणा गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले साक्षर काठमाडौं घोषणा गर्नुभयो ।
उक्त साक्षर काठमाडौं अनुसार शङ्खरापुर नगरपालिका ९६.५ प्रतिशत, कागेश्वरी मनोहरा ९६.९७, गोकर्णेश्वर ९५.०४, बुढानिलकण्ठ ९८.६९, टोखा ९८.५४ प्रतिशत, तारकेश्वर ९८.०८, नागार्जुन ९७.८ प्रतिशत, चन्द्रागिरी ९६.४७, कीर्तिपुर ९५, दक्षिणकालीमा ९६ र काठमाडौं महानगरपालिका ९६.६० प्रतिशत साक्षर रहेको छ ।
विश्वव्यापी अभ्यासलाई समेत आत्मसाथ गर्दै १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएको सुनिश्ति भएका सम्बन्धित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीतिगत निर्णयका आधारमा काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
समन्वय समितिका प्रमुख वैद्यले साक्षर काठमाडौं आगामी दिनमा शिक्षा सम्बन्धि थप कार्यक्रम गर्नका लागि तीनै तहको समन्वय र सहिजकरण आवश्यक रहेको बताउनुभयो ।
काठमाडौंलाई साक्षर घोषणा गरिए पनि दीगो साक्षरताका केही चुनौति रहेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले खास गरी कमजोर मापदण्ड, कार्यक्रम प्राथमिकता, बैद्य आँकडा, विद्यार्थी भर्ना, समुदाय स्तरमा पुस्तकालय र सूचना केन्द्रको स्थापना अवसरको समुचित वितरण संरचनागत समस्या कमजोर सामुदायिक सिकाइ केन्द्र चुनौति रहेको छ ।
आगामी दिनमा सामुदायिक सिकाइ केन्द्रका सशक्तिकरण वैकल्पिको विद्यालको उद्देश्यका आधारमा नियमन र साक्षरताका मापदण्डलाई समयानाकुल सुधार आवश्यक पर्नेमा जोड दिइएको छ । साथै बालबालिका विद्यालयबाट बाहिर नरहेको अवस्थाको घोषणा सन्तुलित विकास कार्यक्रमक साक्षताको मर्म अनुसार साक्षरोत्तर कार्यक्रम सञ्चालन राज्य सञ्चालनका तीन तहबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको जनाइएको छ ।