सुवास चन्द्र ढुंगेलको मुक्तकको कथा थालनी

0
36

भक्तपुर । कोरोना माहामारीका विच सुवास चन्द्र ढुंगेलले नेपाली साहित्यलाई नयाँ सोचका साथ अगाडी बढाउन युट्युव च्यानल मार्फत मुक्तकको कथा श्रृखला सुरु गर्नु भएको छ ।

भक्तपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले मुक्तकको कथा पहिलो श्रृखला सुरु गर्नु भएको हो । लामो समय देखि नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आउनुभएका ढुंगेल गीती क्षेत्रमा जति चोट दिन्छौं, चोट के हो व्यथा केहो लागाएतका निकै श्रृजनाबाट चर्चामा रहनुभएको छ ।

 

उहाँको मुक्तक को परिकल्पना तथा निर्देशन भने भक्तपुरका युवा अल्वर्ट बज्राचार्यले गर्नु भएको थियो । डिजिटल प्लाटफमबाट नेपाली साहित्यलाई अगाडी बढाउन नयाँ सोचका साथ आउनुभएका ढुंगेलले आगामी ५२ हप्ता सम्म मुक्तकको कथालाई निन्तरता दिने सोचका साथ अगाडी बढेको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाहीले नेपाली साहित्यका कुना काप्चामा भएका श्रृष्ठाहरुको खोजी गर्नु पर्ने अवश्यकता भएको बताउनुभएको थियो ।

अहिलेको जमानामा भनेको डिजिटल युग पनि भएका कारण यसको भरपुर प्रयोग गरी नेपाली साहित्यलाई अगाडी बढाउन सबैले साथ र सहयोग दिनुु पर्ने उहाँले बताउनुभएको थियो ।

मुक्तकको कथा श्रृखलामा हरेक अंकमा पाँच मुक्तक बाचन गरिने छन् । यस्तै मुक्तकसँग मिल्ने खालका विभिन्न कथाहरु पनि यसै सँगै बाचन गरिने छन् ।