राप्रपा तनहुँको अध्यक्षमा घर्ति निर्वाचित

0
20

तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको अध्यक्षमा विनोद घर्ति मगर निर्वाचित हुनु भएको छ ।
अध्यक्ष पदको लागि शनिबार दमौलीमा भएको निर्वाचनमा घर्ती १२७ मत प्राप्त गर्नुभयो भने प्रत्यसी सीता थापालाई ६९ मत प्राप्त भएको थियो । भदौ ३० गते अधिवेशनको उद्घाटन गरिएको भएपनि अध्यक्षमा सहमती हुन नसकेपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन । यस अघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । सदस्यहरु भने भदौ ३० गते नै चयन भएको थियो । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीहरु भने अध्यक्षले मनोनित गर्ने सो पार्टीले जनाएको छ ।