अफगानिस्तानमा पत्रकारसहित तीन मारिए 

0
10


काबुल
 : पूर्वी अफगानिस्तानमा पत्रकारसहित तीन जना मारिएका छन्। अफगानिस्तानको पूर्वी प्रान्त नाङगहरको जलालावादमा भएको आक्रमणमा पत्रकार र उनका आफन्तसहित तीन जना मारिएका हुन्।

आइतबार उनीहरु मारिएको पुष्टि भएको जलालावाद प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ।

प्रहरीका अनुसार शनिबार यात्रामा गइरहेका पत्रकार एवम् लेखक साइद मारोफ सादतसहित उनका आफन्त मारिएका छन्।

अफगान मिडिया ग्रुपले सो घटनाको निन्दा गरेको छ।

तालिबानले मध्य अगष्टमा अफगानिस्तान कब्जामा लिएयता जलालावादमा १० मानिस मारिएका छन् भने कैयौँ घाइते भएको बताइएको छ।