अमेरिकामा गर्भपतनको अधिकार माग गर्दै महिलाको प्रदर्शन 

0
9


वासिङटन
 : गर्भपतन अधिकार सुरक्षित राख्न अमेरिकाका विभिन्न ५० वटा राज्यमा हजारौँ महिलाले प्रदर्शन (मार्च) गरेका छन्। गत महिना अघि टेक्सास राज्यको नयाँ कानुनले गर्भपतन सेवामा बाधा पुर्‍याएको भन्दै त्यसको विरोधमा हजारौँ महिलाले सो प्रदर्शन गरेका हुन्।

गर्भपतन गर्न सो कानुनको विरोधमा हजारौँ महिलासहित पुरुषहरुले समेत सहभागिता जनाएका थिए।

टेक्सास राज्यले गर्भवती भएको ६ हप्ताभन्दा बढी समयपछि गर्भपतन गर्न नपाउने गरी नयाँ कानुन पारित गरेको थियो। सो प्रस्ताव देशको संविधानविरुद्ध भएको अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो।

यद्यपि, ‘रो भि वेड’ नाम दिइएको गर्भपतनसम्बन्धी टेक्सासको नयाँ कानुनलाई कानुनी मान्यता दिने या नदिने भन्दै अमेरिकाको सर्वोच्च अदालतले विचाराधीन अवस्थामा राखेको छ। सो कानुनबारे अदालतले आगामी महिनाहरुमा सुनुवाई गर्ने बताइएको छ।

अमेरिकामा सन् १९७३ देखि गर्भपतनले मान्यता पाउँदै आएको छ।