परमाणु परीक्षणमा युएनले दोहोरो मापदण्ड अपनाएको उत्तर कोरियाको आरोप 

0
10


प्योङयाङ
 : उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् (युएन)माथि परमाणु परीक्षण सम्बन्धमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ। सैन्य गतिविधि एवम् परमाणु परीक्षणमा युएनको सो निकायले दोहोरो मापदण्ड अपनाएको आरोप उत्तर कोरियाले लगाएको हो।

पछिल्लो समय उत्तर कोरियाले गरेको श्रृङ्खलावद्ध परमाणु एवम् क्षेप्यास्त्र परीक्षण सम्बन्धमा सुरक्षा परिषद्ले अमेरिका र अन्य मुलुकसँग भेटवार्ता गरेको थियो।

सो भेटपछि उत्तर कोरियाली विदेश मन्त्रालयका विभागीय निर्देशक जो कोल सुले परमाणु परीक्षण एवम् सैन्य गतिविधिमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका हुन्।

‘युएनको सुरक्षा परिषद्को बैठक भनेको खुला, निष्पक्ष र सन्तुलित हुनुपर्ने हो। तर सो निकायले बाहिर हल्ला गरेर हामीले गरेको सैन्य गतिविधि र हतियार परीक्षण सम्बन्धमा मौन रहन्छ। युएनको यस्तोखाले दोहोरो मापदण्ड हाम्रा लागि मान्य छैन’, आइतबार जोले प्रतिक्रिया दिँदै सरकार नियन्त्रित सञ्चारमाध्यम केसीएनएसँग भनेका छन्।