भ्रष्टाचारको विरोधमा निकालियो भैसी जुलुस

0
23

जनकपुर । स्थानीय निकायमा चरम भ्रष्टाचार भएको भन्दै स्थानीयले भैसी जुलुस निकालेका छन् । नीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।
धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै भैंसी जुलुस प्रदर्शन गरेका थियो ।

संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार स्थानीयवासीले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् ।

लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइ बेरुजु ठहर भएको उल्लेख छ ।

विभिन्न सूचना माग गर्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि स्थानीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

नगरप्रमुख र कर्मचारीको मिलोमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएको तर सो सूचना उपलब्ध नगराएका कारण संयुक्त संघर्ष समितिले अनसन थालेको समितिका अगुवा सुरेश यादवले बताए ।