भक्तपुरमा पल्पसा बहुउद्देश्यीय सहकारीको सेवा आरम्भ

0
313

जेष्ठ नागरिक र बाल बचतमा आर्कशक योजना
भक्तपुर । भक्तपुरमा पल्पसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मी विरेन्द्र माक, सुर्दशन लाखे, कमल सुवाल नमिना श्रेष्ठले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् ।
सूर्यविनायक नगरापालिका वडा नम्वर ६ सूर्यविनायक पोलि क्लिनिक सँगै सहकारीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गर्दै सेवा थालनी गरेको हो ।
विजया दशमीको पहिलो दिन घटस्थापनाबाट सहकारीले आफ्नो सेवा थालनी गरेको छ ।
बाग्मती प्रदेश सहकारी ऐन अन्तर्गत स्थापित पल्पसाको भक्तपुर ,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको छ । पाँच करोड शेयर पुँजी रहेको उक्त संस्थामा दशकौं लामो समय देखि वित्तीय क्षेत्रमा कार्य गरी अनुभव प्राप्त सफल व्यक्तिहरु व्यवस्थापन तहमा रहेका छन् ।

समुदायमा छरिएर रहेको ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकीकृत गर्दै सदस्यहरुलाई उचीत प्रतिफल दिन र संम्भावित व्यवसायिक क्षेत्रहरुको पहिचान गरि सदस्यहरुलाई सहभागी गराउँदै उपलब्ध श्रम, सीप परिचालन गरि स्वरोगारमुलक अभियान संगसंगै लैजाने यस संस्थाले प्रतिबद्धता राखेको छ ।
पल्पसाले निक्षेप योजनाहरुमा चल्ती बचत खाता, पल्पसा पेशागत बचत योजना , पल्पसा बाल बचत, पल्पसा जेष्ठ नागरिक बचत ,महिला अवधि बचत, दैनिक अवधि बचत, आवधिक बचत र कर्जा तथा सापट लगाएतका विभिन्न योजना सुचारु गरिएको पल्पसा सहकारीले जानकारी दिएको छ ।
पल्पसाले विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गर्ने सस्थाका संस्थापक सदस्य लक्ष्मी गाेपाल प्रजापतिले जानकारी गराए ।