चाँगुनारायणबाट १६ जुवाडे पक्राउ

0
215

भक्तपुर । चाँगुनारायणबाट १६ जुवाडे पक्राउ परेका छन् ।
भक्तपुरको चाँगुनारायणबाट जुवातास खेल्ने १६ जना प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ । तास खेलेर हो–हल्ला गरेको आरोपमा शुक्रबार राति १ बजे चाँगुनारायण नगरपालिका वडा नं ४ खोरिया गाँउबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका दिपक गिरीले अभियुक्तहरुलाई २१ वर्षीय ईश्वर तामाङले सञ्चालन गरेको पुल हाउसमा प्रक्राउ गरेको जानकारी गराए। खानतलासी गर्दा नगद रु ४१,३५०÷– र १ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए ।
उनले प्रक्राउ पर्नेहरुमा पुल हाउस सञ्चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ४ बस्ने वर्ष २१ ईश्वर तामाङ, १८ वर्षीय बादल तामाङ, लोकेश तामाङ, विर तामाङ, सुरज तामाङ, १९ वर्षीय आलोक तामाङ, २० वर्षीय ,अरुण तामाङ, नवराज तामाङ, गौतम तामाङ, २३ वर्षीय अजय पुडासैनी, तिलक तामाङ, २४ वर्षीय सय कुमार तामाङ, २६ वर्षीय सुमित तामाङ, २७ वर्षीय रोशन तामाङ, ३० वर्षीय विष्णु तामाङ र ३३ वर्षीय प्रेम तामाङ रहेका छन्।

निम्न १६ जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा सम्बन्धि कसुरमा अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।