भक्तपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु एक घाइते

0
93

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको श्रृजनानगर नजिक भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सप्तरी बर्निया स्थायी घर भई हाल काठमाडौ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित एसएनएस मोटरसाइकल वर्कसपमा काम गर्ने अन्दाजी बर्ष १६ को राम मण्डलको मृत्यु भएको हो।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजनानगर राधेराधे पुलस्थित दुर्घटना भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले अरनिको राजमार्ग सल्लाघारीबाट राधेराधेतर्फ जादै गरेको बागमती प्रदेश ०२–०१७ प १०१२ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालकको मृत्यु भएको जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाए। मोटरसाइकलमा पछाडि सवार नुवाकोट दुप्चेश्वर गाँउपालिका वडा नं। ४ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं। ३२ नरेफाँट बस्ने १८ वर्षीय राजन तामाङ सामान्य घाइते भएको उनले बताए।

तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको प्रहरीले जनाइएको छ। घटना सम्बन्धमा थपः अनुसन्धान भईरहेको जनाइएको छ ।