ईश्वर खड्काको नेतृत्वमा एकिकृत समाजवादीको नगर कमिटी गठन

0
303

भक्तपुर । ईश्वर खड्काको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को चाँगुनारायाणमा नगर कमिटी गठन भएको छ । शनिवार चाँगुनायण नगरपालिका वडा नम्वर २ दुवाकोटमा आयोजित नगर स्तरिय कार्यकर्ता भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
उहाँको नेतृत्वमा समाजवादीको ३१ सदस्य नगर कमिटि गठन भएको हो ।

भक्तपुर जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले संगठन विस्तारका क्रममा चाँगु नगर कमिटि गठन गरेको हो । अगुवा कार्यकता भेलालाई सम्वोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष श्याम बस्नेतले भक्तपुरमा पार्टी संगठनको चारवटै नगर कमिटी गठन भैसकेको र अबको एक महिना भित्रमा जिल्लाका ३८ वटा वडाहरुमध्ये बाँकी वडाहरुमा वडा कमिटीको गठन गरिने जानकारी दिनुभएको थियो । उहाँले पार्टी संगठन विस्तारको अभियानलाई तिब्रता दिनुका साथै अब हुने स्थानीय निर्वाचनबाट (एकिकृत समाजवादी) लाइ भक्तपुर जिल्लाको पहिलो पार्टीका रुपमा स्थापित गर्न लागिपर्न सबैजनालाई आव्हान गर्नुभयो।
गठित नगर कमिटिमा उपाध्यक्ष अन्जना पोखरेल र सचिव राजु श्रेष्ठ चयन हुनुभएको छ । आगामी दिनमा नगर कमिटिलाई पूर्णता दिदै सवै वडा कमिटि गठन यथा सक्य छिटो गरिने अध्यक्ष ईश्वर खड्काले जानकारी दिनुभयो ।