श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु,श्रीमती सख्त घाइते

0
67

काठमाडौं – तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।

छथर गाउँपालिका-३, ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसमा झगडा र कुटपिट भएको थियो ।

कुटपिटबाट टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बनेकी श्रीमतीको भने उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।