सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं उपत्यकामा सम्म महसुस

0
217

भक्तपुर । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।