महेन्द्र शान्तिका विद्यार्थीलाई छात्रवृत्ति दिने ४ दाता थपिए

0
218

भक्तपुर । सुर्यविनायक नगरक्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि बालकोटबाट माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरि सोही विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन ४ जना दाता थपिएका छन् । यसअघि ७ जना दाताले छात्रवृत्ति दिने घोषणा गरिसकेका छन् ।
दाताले प्रति विद्यार्थी वार्षिक १५ हजारका दरले ४ जना विद्यार्थीलाई ११ र १२ को लागि ३० हजार छात्रवृत्ति प्रदान गर्नेछन् ।
यसरी शैक्षिक सत्र २०७८ र २०७९ को लागि ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने दाताहरुमा सो छात्रवृत्ति कोषका कोषाध्यक्ष बालकोट निवासी लवकुश कार्की, कोषका संस्थापक अध्यक्ष कार्कीका भतिजो हाल अष्ट्रेलिया बस्ने बालकोटका इन्जिनियर सुमनकुमार कार्की, बालकोटकै नवराज रानाभाट रस्वर्गीय पति सरोज पौडेलको स्मृतिमा पत्नि पवित्रा पौडेल (इमाडोल) रहेका छन् ।
विपन्न र जेहेन्दार विद्यार्थीलाई ११ र १२ कक्षा पढ्नको लागि सहयोग गर्ने उद्धेयले विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बालकोटका शिक्षासेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीले ३ वर्षअघि सो विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष राखेर छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर, आमा स्व.हिराकुमारी र दाजु स्व.अर्जुन कार्कीको स्मृतिमा अक्षय कोष खडा गरि सो विद्यालयमा अध्ययन गर्ने४० विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति दिँदै आउनुभएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।
यसअघि कोषका संस्थापक अध्यक्ष कार्कीको पहलमा गत वर्ष ११ र १२ कक्षामा पढ्ने २३ जना विद्यार्थीलाई प्रति विद्यार्थी वार्षिक १५ हजाका दरले दाताहरुले छात्रवृत्ति वितरण गरेका थिए ।