भक्तपुरका स्रष्टाहरू तिलक र श्रीओमलाई ‘ग्वंग सिरपा सम्मान’

267

भक्तपुर । साहित्यिक सम्मान संगम, भक्तपुरले स्रष्टाहरू तिलक प्रकाश र श्रीओम श्रेष्ठ रोदनलाई ‘ग्वंग सिरपा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ स्रष्टा एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको नाममा स्थापित ‘ग्वंग सिरपा सम्मान’ साहित्यतर्फ श्रीओम रोदन तथा संस्कृतितर्फ तिलक प्रकाशलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

सम्मान समितिका संयोजक सञ्जीवबाबु ग्वंग तथा सदस्यहरू प्रा.डा. लक्ष्मणप्रसाद गौतम, धु्रव मधिकर्मी, जीतेन्द्र रसिक र धु्रवेश्वरी कायस्थ ग्वंग सम्मिलित बैठकले मंगलबार उक्त निर्णय गरेको हो ।

५० हजार रुपैयाँ राशीसहितको उक्त सम्मान रोदनको निबन्धसंग्रह ‘अभिबन्द्य’ र तिलक प्रकाशको कृति ‘वीरग्रन्थ’मा केन्द्रित रहेर प्रदान गरिएको जनाइएको छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको सक्रियतामा वि.सं. २०५० सालमा साहित्यिक सम्मान संगमको स्थापना भएको हो ।