जाकीको अध्यक्षतामा शितोरियो सूर्यविनायक नगर समिति गठन

231

भक्तपुर । नेपाल शितोरियो कराते संघ सूर्यविनायक नगर समिति गठन भएको छ । कृष्णराम जाकीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन भएको हो ।

सूर्यविनायक नगरपालिका भित्र कराते सेलको विकास विस्तारका लागि भएको एक भेलाले जाकीको अध्यक्षतामा समिति गठन गरेको प्रशिक्षक रामशरण त्वातीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षमा जाकी रहनुभएको छ भने उपाध्यक्षमा रामशरण त्वाती, सचिबमा दिपेन्द्र ब्यान्जु , कोषाध्यक्षमा सुर्य वहादुर लामा रहनुभएको छ ।

यस्तै सदस्यहरुमा शिव शरन कार्की, कृष्ण सुन्दर श्रेष्ठ , अमित थापा, सरिता तामाङ, पद्मा सम्भबी तामाङ , सन्जय लामा रहनुभएको छ ।