भक्तपुरमा रागरागिनी शुभारम्भ

139

भक्तपुर , रागरागिनी entertainment प्रा.लि को एक कार्यक्रम बिच सुभारम्भ भएको छ!! नेकपा एमाले केन्द्रिय सदस्य तथा चाँगुनारायण नगरपालिका का मेयर सोम मिश्र, सुर्य बिनायक नगरपालिकाका मेयर बासुदेब थापा तथा नेकपा का नेता निर्मल भट्टराई द्वारा संयुक्तरूपमा उद्घाटन भएको कार्यक्रम रागरागिनीका प्रमुख कार्यकारी निर्देशक तथा गायक कपिल कसपालको सभापतित्वमा भएको थियो !!

कार्यक्रम को सुरु मा रागरागिनी को गतिविधि तथा उदेश्य को बारेमा सभापति कपिल कसपाल ले प्रकाश पार्नु भएको थियो !!

रागरागिनी भने पछी सङीत र मनोरंजन को क्षेत्र मा काम गर्ने सस्था हो!! र अब भबिस्य मा भक्तपुर मा आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम को ब्यवस्थापन गर्ने event organizer को रूपमा स्थापित गर्ने योजना रहेको कसपालले बताउनु भयो !!

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सोम मिश्रले कपिल कसपालले साङीतिक रूपमा संघर्ष गर्दै रहेको र कसपाल को मेहनत ले परिणाम ल्याउन सुरु गरेको बताउनु भयो!!विभिन्न कार्यक्रम हरु आयोजना गरिसकेको र भबिस्य मा पनि फेरि ठुलो कार्यक्रम हरु रागरागिनी ले आयोजना गरेर सफल बनाउने बिश्वास व्यक्त गर्नु भयो !!र मेरो ब्यक्ति रूपमा र आवस्यकता अनुसार नगरपालिका ले सक्दो साथ दिने र सहयात्रा गर्ने वचनबद्दता प्रकट गर्नु भयो र सफलता को सुभकामना व्यक्त गर्नु भयो !!

त्यसै गरि सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले रागरागिनीको सबै कार्य को सफलता को कामना गर्दै ब्यक्तिगत रूपमा कपिल कसपाल निकै मेहनती रहेको बताउदै अब गीत सङीत,साहित्य लाई प्रोत्साहन गर्ने बताउनु भयो !! कसपालको प्रयास लाई जति सहयोग गर्न पर्थ्यो बिगत मा गर्न नसके पनि अब कुनै कन्जुस्याइँ नगर्ने बताउदै रागरागिनि को प्रगती को कामना गर्नु भयो !!

त्यसै गरि नेता निर्मल कुमार भट्टराई ले गीत सङीत को बर्तमान पाटो को विश्लेषण गर्दै राम्रा गीत निर्माण हुनुपर्ने र एउटै श्रीजना ले युग जितेको उदाहरण प्रस्तुत गर्नु भयो !!

आफ्ना मौलिक श्रीजना हरु लाई श्रोता तथा दर्शक ले माया गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो !!अब भबिस्य मा हुने रागरागिनी को क्रियाकलाप आफू पनि सहभागी हुने बताउदै सबै खाले सहयोग गर्न तत्पर रहेको कुरा बताउनु भयो !!

कार्यक्रममा विभिन्न संचार माध्यम का प्रतिनिधि ,सङीत प्रेमी हरु को उपस्थिति रहेको थियो !! कार्यक्रममा रागरागिनी का अध्यक्ष पार्बती श्रेष्ठ तथा सुर्यमाया कसपाल द्वारा पुजा तथा टीका प्रसाद लागाइएको थियोे !! रागरागिनी ले अब केही दिन मा नै दुइवटा गीत को भिडियो निर्माण गर्न लागेको र एक साङीतिक कार्यक्रम आयोजना गर्ने तयारी मा रहेको कपिल कसपाल ले बताउनु भयो !!