म्याजिक पेनबाट लेखिएका चेकका कारण दुवही आतंकित

187

काठमाडौं । युनाइटेड अरब इमिरेट्स पुलिसले म्याजिक पेनले चेक लेख्नेलाई चेतावनी दिएको छ । चेक रकम र अन्य विवरणहरू अरू ’जादुई कलम’ प्रयोग गरिरहेकालाई प्रहरीले चेतावनी दिएको हो ।

‘म्याजिक पेन’ घोटालाको शिकार हुने २० वटा घटनालाई औंल्याउँदै दुबई प्रहरीले ‘जादुई कलम’ गैरकानूनी भएको बताएको छ । उक्त पेनमा एक प्रकारको मसी हुन्छ जुन २० मिनेटदेखि दुई घन्टामा उक्त चेकमा लेखिएका सबै हराउँछ ।

‘म्याजिक पेन’ विभिन्न प्रकारका कार, वस्तु खरिद वा ऋण तिर्न जस्ता कारोबारमा प्रयोग गरिएको पाइएको दुर्वइ प्रहरीले जनाएको छ । २०२० मा म्याजिक पेन प्रयोग गरि ठगीका धेरै केसहरू आएकाले दुबई पुलिसले उक्त चेकको फरेन्सिक साइन्स एन्ड क्रिमिनोलजीको जनरल डिपार्टमेन्टका कागजात स्क्यान सेक्सनमा अनुसन्धान गर्न पठाएको छ । उक्र विभागका निर्देशक लेफ्टिनेन्ट कर्नल डा अली खलिफा अल फलासीका अनुसार चेक केसहरू लाखौं डिरहामको ठगी भएको बताएका छन ।

उन्नत प्रविधि भएका हाम्रा विज्ञहरूले चेकमा हस्ताक्षर र अन्य विवरणहरू प्रमाणित गरेर जालसाजी पत्ता लगाउन सफल भएको उनले बताएका छन । चेक वा कागजातहरूमा हस्ताक्षर गर्दा र लेख्दा मानिसहरूले आफ्नै कलम प्रयोग गर्नुपर्छ र अरूले लेखेका चेकहरूमा आफ्नो हस्ताक्षर कहिल्यै नगर्न पनि सुझाव दिएका छन् ।