जीवन बचाउ भन्दै सांगीतिक समाजको पाँचौं स्थापना दिवस मनाइयो

32

भक्तपुर । जीवन बचाउ भन्दै रक्तदान गर्दै भक्तपुर सांगीतिक समाजको पाँचौं स्थापना दिवस मनाइएको छ ।
कोरोनाका कारण थलिएको स्वास्थ्य क्षेत्रमा सानो योगदान स्वरुप रक्तदान गर्दै साँगीतिक समाजले आफ्नो स्थापना दिवस मनाएको समाजका अध्यक्ष प्रविण शाहीले जानकारी दिनुभयो ।

संगीत सँगै जीवनको पनि ठूलो महत्व भएका कारण अफूहरुले रगत अभावलाई मध्यनगर गर्दै रक्तदान जीवन दान भन्दै आफ्नो पाँचौं स्थापन दिवस रक्तदान गर्दै मनाएको जानकारी दिनुभयो ।
साँगीतिक समाजले भक्तपुरको सुर्यबिनायकमा शनिबार रक्तदान कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा संगीत प्रेमी सहयोगी मन भएका २५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
रक्तदान सँगै विभिन्न कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए । गायकहरु (अध्यक्ष)प्रविण शाही, राजेश मान के. सी, कपिल कसपाल, बिजेन्द्र चवाल, बिनोदराज ढुङेल, श्रीजल मधिकर्मीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम को हौसला बढाउन बरिस्ठ गीतकार सुभाषचन्द्र ढुङेल, गायक अजर जंगम, साश्त्रीय गायक सुनिल लोहला, संगीतकार हेम लामा र सुमन रंजीतकार, त्यसै साहित्यकार अनिश शाक्यसहित संचारकर्मी मतिना लिबि, रेणु त्वायनाबासु लगायतको उपस्थिति रहेको थियो ।
आज भन्दा पाँच वर्ष अगाडी सुरु भएको साँगीतिक समाजले भक्तपुरका कुना काप्चामा रहेका संगीत प्रेमीहरुको खोजीका साथ साथै साँगीतिक क्षेत्रमा विभिन्न योगदान दिदै आएको छ ।