भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

108

भक्तपुर । सुर्यविनायक नगरपालिका–८ सुर्यविनायक प्राईम बैंक अगाडी शुक्रबार राति १ः४५ बजे टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बु रहेको महानगरीय प्रहरी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अरनिको राजमार्ग जगातीबाट सुर्यविनायक तर्फ जाँदै गरेको बा ३ ख ५४२३ नं। को टिपरले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ५७ प ३११३ नं। को स्कुटीलाई ठक्कर दिँदा गम्भिर घाइते उनको डा। ईवामुरा अस्पताल, सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यस्तै, दुर्घटनामा स्कुटरको पछाडि बसेका ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दिप महर्जन गम्भिर घाइते भएका छन् । महर्जनलाई सोही अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी बि एण्ड बि अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गिरी बताए ।

दुवै सवारी साधन र टिपर चालक दाङको घोराही–२ रामपुर घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३१ वर्षीय किरण कवर योगीलाई राधेराधेबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएका छन् ।