भक्तपुरमा ७ जना सहित उपत्यकामा थप १२१ जनामा कोरोना संक्रमण

33

भक्तपुर:- काठमाडौं उपत्यकामा आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा २० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा ६८४ जना रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ४९ हजार ६४३ जना रहेको छ भने २ हजार २२३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५० जना पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४८० जना रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २९ हजार १३८ जना रहेको छ भने ४३५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या ३० हजार ५३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ५४७ जना रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४९ हजार ४६ जना रहेको छ भने ६९६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ५० हजार २८९ जना पुगेको छ ।