भक्तपुर ताथली पुलबाट गाँजासहित एक जना पक्राउ

307

भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय मियुज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बा.६६ प ३६६४ नम्बरको स्कुटरलाई महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक कार्कीलाई पक्राउ गरेको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।