भक्तपुरमा गरिव, असाहय, अनाथ तथा विपन्न लक्षित गर्दै ७ रोगको निःशुल्क उपचार गरिदै

142

भक्तपुर । भक्तपुरमा गरिव , असाहय , अनाथ तथा विपन्नहरुलाई लक्षित गर्दै यो वर्षको अन्त सम्म विभिन्न रोगको निःशुल्क उपचार गरिने भएको छ ।
भक्तपुर इन्टरनेशनल अस्पतालले गरिव, असाहय, अनाथ तथा विपन्न वर्गलाई लक्षित गर्दै विभिन्न रोगको विशेषज्ञ डक्टरहरुबाट निःशुल्क सेवा दिने भएको हो ।
अस्पतालले मंसिर १५ गते देखि एक बार एक सेवा दिने लक्ष्यका साथ सात दिन सात उपचार सेवा निःशुल्क प्रदान गर्न लागेको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालले प्रत्यक आइतबार हाड जोर्नी तथा नशारोगको सेवा दिने छ भने सोमबार सर्जरी रोग र न्यूरो रोगको उपचार, मंगलवार जनरल फिजिसिएन र स्त्रीरोग, बुधबार बालरोग, हाडजोर्नी तथा नशारोग र न्यूरो रोगको उपचार यस्तै बिहिबार भने नाक, कान तथा घाँटी र न्यूरो रोग, शुक्रबार मुटु रोगको उपचार र शनिवार मधुमेय रोगका सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ ।
अस्पतालले उपचारमा सबैको पहुँच पुञ्याउने हेतुले विभिन्न बार विभिन्न विशेषज्ञ डक्टरहरुबाट निःशुल्क सेवा प्रदान गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर राम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
वपीडी सेवा अन्तर्गत सबैमा स्वास्थ्य पहुँच भन्ने नाराका साथ अस्पतालले विभिन्न वर्गका लागि निःशुल्क सेवा प्रदान गर्न लागेको हो ।
यो सेवा लिन कुनै शुुल्क नलाग्ने समेत अस्पताले जानकारी दिएको छ ।
प्रत्यक दिन विहान १० बजे देखि २ बजे सम्म बार अनुसार सेवा पाउन सकिने अस्पतालले जानकारी दिएको छ ।