दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव हुँदै

133

भक्तपुर । तामाङ कलाकारहरुको एकता , तामाङ कला संस्कृतिको विकास, संरक्षण तथा प्रवद्र्दन हाम्रो प्रतिवद्दता भन्दै दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव हुने भएको छ ।
कला संस्कृति तथा संगीतको उत्थानका लागि विभिन्न कलाकारहरुको बेजोड प्रस्तुतिका साथ उक्त कार्यक्रम हुन लागेको हो ।
नेपाल तामाङ कलाकार संघले आयोजना गर्न लागेको ‘दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८’ मंसिर २४ र २५ गते बौद्धस्थित होटल हायातको खुल्ला मैदानमा हुन लागेको हो ।
नेपाल तामाङ कलाकार संघले ‘पहिलो तामाङ सेलो संगीत तथा खाना महोत्सव २०७६’ भव्यताका साथ सम्पन्न गरेको थियो ।
तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघका अध्यक्ष विश्व दोङले जानकारी दिनुभयो ।