हरिवंश र स्वस्तिमाको कर्कलो कोक्याउला सार्वजनिक

30

हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वरमा ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ। गीतमा हरिवंशकै शब्द र संगीतमा तयार भएको हो।

राजधानीमा बिहिबार औपचारिक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरियो। गीतको भिडिओ मानव सुवेदीले निर्देशन गरेका हुन्।

हरिवंशका साथमा स्वस्तिमा  खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको भिडिओ  गीति नाटक शैलीमा निर्माण गरिएको छ। भिडिओमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ।

काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन्। किरण तुलाधरको संगीत स‌ंयोजनमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्।

गीतको भिडिओ गज्जब टिभीमार्फत् युट्युबमा सार्वजनिक भएको हो।