एनआरएनए एनसीसी जापानका अध्यक्षमा गुरुङ महासचिवमा भक्तपुरका बस्नेत

174

भक्तपुर । लामो समय सम्म विवादमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानले नयाँ नेतृत्व प्राप्त गरेको छ ।
सन २०१९–२०२१ कार्यकाल नेतृत्वले गरेको निर्वाचन प्रणालीलाइ केन्द्रिय एमआइएसबाट कब्जामा लिएर धांधली भएको भन्दै उक्त समितिलाई अमान्य गरेकोमा हाल उक्त समितिमा अनिता गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो । जसमा भक्तपुरका विकास बस्नेत महासचिव रहेका छन् ।
कार्यवहाक अध्यक्ष रहेकी अनिता गुरुङ लाई नै बैठकले पूर्णकालिन अध्यक्ष चयन गरेको हो ।
२०२२ जनवरी १२ मा एन आर एन एन जापानको बैठकले अनिता गुरुङलाई पूर्ण अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्यसमिति यस प्रकार रहेको छ
एनआरएनए जापान पुनर्गठित कार्यसमितिः
१. अध्यक्ष– अनिता गुरुङ
२. बरिष्ठ उपाध्यक्ष– छत्र दहाल
३. उपाध्यक्ष– नवराज गौतम
४.उपाध्यक्ष–टिकाराम कडेल
५.उपाध्यक्ष–गंगा घर्ति मगर
६.उपाध्यक्ष–हरि चन्द्र लामा
७. उपाध्यक्ष– टिकाराम खरेल
८.म.उपाध्यक्ष–मन्जु गिरी(वन)
९.महासचिव– बिकाश बस्नेत
१०.सचिव–बिमानसिंह मुक्तान
११.सचिव–ईन्द्रजित अधिकारी
१२.म.सचिव–निर्मला भट्ट
१३.कोषाध्यक्ष–कालिका थापा
१४.सहकोषाध्यक्ष–जिवन गुरुङ
१५.प्रवक्ता– सरिता ढकाल
१६.युवा संयोजक– राजेश खनाल
१७..महिला संयोजक– कमला काप्री
१८.सदस्य– सुरेश गिरी
१९.कृष्ण भण्डारी
२०.नृप बुडा
२१.बाबुराम खरेल
२२.राम प्रसाद शर्मा धनपती
२३.फडिन्द्र पहाडी
२४.अर्जुन केसी
२५.प्रेम कडेल
२६.सुरेश सापकोटा
२७.लक्षमण श्रेष्ठ
२८.अमर केसी
२९.मनिष मगर
३०.शिवु थापा
३१.नरेश राई
३२.मनकुमारी अुगाई
३३.रबि पोखरेल

भएका निर्णय जस्ताको तस्तै

१. एनआरएनए जापानमा देखिएको बिवाद र यसको निराकरणका लागि सहजिकरण गर्दै जापान स्थित नेपाली राजदुतावास,संघ संस्था, क्षेत्रीय समिति,अग्रज र सरोकारवाला संग समन्वय गर्दै अगाडि बड्ने निर्णय गरियो ।
२. कार्यसमिति लाई पुर्णता दिदै नव मनोनित पदाधिकारी तथा सदस्यहरुले अझै प्रभावकारी रुपमा संस्था र समाज प्रति उत्तरदायित्व बहन गर्दै संस्थाको सफल अबतरण हुने गरि कार्यसम्पादन गर्ने।
३.परिषदका उपाध्यक्ष श्री टिकाराम खरेल ज्यू की ममतामयी आमाको निधन प्रति दुख ब्यक्त गर्दै महत मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानहोस भन्ने कामना गर्दछौ।
४. कोभिडबाट सुरक्षित रहदै आफु पनि बाचौ अरुलाई पनि बचाऔ भन्दै, जापान सरकार र नेपाली दुतावासले प्रकासन गरेका सूचना तथा प्रयोग गर्नु पर्ने नियम पालना गर्न अनुरोध गर्दछौ।
५.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमी लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनि दिएको अभिव्यक्ति र उक्त कार्य प्रति खेद प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षण गर्दछौ।