समाजवादी निकट विद्यार्थी संगठनले मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

65

काठमाडौं । केएमसी मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेकाे छ।