३३ कोटी देवताका नाम के के त, ३३ कोटीका अर्थ के ?

166

भक्तपुर । हिन्दु धर्ममा एउटा भ्रम रहेको छ । ३३ कोटी अर्थात ३३ करोड देवी देवता हुन भनी । विभिन्न कथा तथा चुटकिला बनाएर ३३ काटीको अर्थ ३३ करोड भएको भन्दै गैर हिन्दुहरुले यसको मजाक उडाउने गरेका छन् ।
धर्मको विषयमा अर्ध ज्ञान भएकाहरुले यसलाई पत्याउँदै पनि आएको हामी पाउन सक्छौं ।

३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्ममा ।
कोटि .अर्थत यसको प्रकार हो ।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ।
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड़ पनि हुन्छ । यसैलाई अपव्याख्या गर्दै हिन्दुका देवता ३३ करोड भनिदै आएको छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड़ देवी देवता छन र जनि नजानि यस विषयमा थाहा नभएका हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड़ देवी देवता छन् ।
जम्मा ३३ प्रकारका देवी देवता छन् हिन्दू धर्म ग्रन्थमा को हुन त ती । जानौं आज ।
हिन्दु धर्ममा १२ प्रकारका छन आदित्य रहेका छन् जो ( धाता, मित, आर्यमा, शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था, र विष्णु ।
यस्तै ८ प्रकारका वासु धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११ प्रकारका छन रुद्र हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं
२ प्रकारका छन कुमार अश्विनी र कुमार।
जम्मा जम्मा १२आदित्य ८वासु, ११ रुद्र र २ कुमार गरेर . ३३ कोटि हुन् ।