पयलैया कपःसुन्दर बस्ती युवा क्लव २-० ले पराजित

59

बारा । पयलैया कपको पाँचौखेलमा सुन्दरबस्ती युवा क्लव २-० ले पराजित भएको छ ।

आज भयको खेलमा महेन्द्रनगर युवा क्लवले २-०को फराकिलो अन्तरले सुन्दरवस्तीलाई हराएको हाे ।

बाराको पथलैयामा दुई दशक पछाडी यो खेल आयोजना भई रहेको आयोजक श्रीकृष्ण युवा क्लवका अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

खेल प्रेमी श्रेष्ठका अनुसार आगामी १२ गते सम्म चल्ने यस कपमा १२ टिम सहभागी छन् ।

यस्तै भोली छैठौं खेलमा कोशी  युवा क्लव र सहरथी युवा क्लवको विचमा प्रतिस्पर्दा हुने आयोजक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।