अमेरिकाले ताइवानलाई अत्यधुनिक लडाकु विमान दिने

35

वासिङ्टनः संयुक्त राज्य अमेरिकाले ताइवानलाई नवनिर्मित अत्यधुनिक लडाकु विमान उपलब्ध गराउने उपाय खोजिरहेको छ। चिनियाँ सेनाविच बढ्दो तनावकाबीच अमेरिकाले ताइवानको वायु रक्षा क्षमता बढाउन अत्यधुनिक लडाकु विमान उपलब्ध गराउने उपाय खोजेको हो।

अमेरिकी अधिकारीहरुका अनुसार चीनलाई चुनौति दिन अमेरिकाले ताइवानको वायु रक्षा क्षमता बढाउन खोजेको हो। उनीहरुका अनुसार नवनिर्मित लडाकु विमान कसरी ताइवान पुर्‍याउने भन्नेबारे भने हालसम्म निर्णय भइसकेको छैन।

अमेरिकाले ताइवानमा तीव्र क्षमताको ब्लक ७० एफ-१६ एस लडाकु विमान पठाउने तयारी गरिरहेको रोयटर्समा खबर छ। सो विमानभन्दा अत्यधुनिक विमान भने अमेरिकाले सन् २०१६ को अन्त्यसम्ममा ताइवान पुर्‍याउने लक्ष्य राखेको समेत बताइएको छ। ताइवान सम्बन्धमा पछिल्लो समय चीन र अमेरिकाबीच दूरी बढेको छ।