काठमाडौं उपत्यकामा ४२ हजार बढी कोरोना सङ्क्रमित

15

भक्तपुर । पछिल्ला दिनमा काठमाडौं उपत्यका भित्र ४२ हजार भन्दा बढी व्यक्तिहरू कोरोना भाइरसको सङ्क्रमणमा परि सकेका छन् । यो दर अझ बढ्दो छ ।
देशको राजधानी तथा ७७ जिल्लाका मानिसको गरि खाने ठाउँ भएका कारण उपत्यकामा जोखिम दिन प्रतिदिन बढ्दो रहेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्लामा ४२ हजार ५६ व्यक्तिहरू कोरोना भाइरसबाट ग्रस्त भएका छन् ।

कोरोना भाइरसको शंका लागेर परीक्षण गराएकाहरूको तथ्याङ्क हो । कोरोना परीक्षण शुल्क महंगो भएकाले एकजनाले परीक्षण गराएपछि उसँग सम्पर्कमा भएका पारिवारिक सदस्यदेखि नजिकैका साथिभाइहरूमा लक्षण देखिए पनि परीक्षण गराउँदैनन् । त्यसैले माथिको तथ्याङ्क भन्दा बास्तविक सङ्क्रमितको सङ्ख्या बढी छ ।

कोरोनाको परीक्षण शुल्क सरकारीमा १ हजारबाट घटेर ८०० र नीजिमा २ हजारबाट घटेर १ हजार ५०० कायम भएको छ । परीक्षण रु २०० मा झार्ने हो भने नेपालमा दैनिक ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण भएको पुष्टि हुन्छ ।

अहिले काठमाडौंमा ३० हजार ६८८ जना भक्तपुरमा ४ हजार २२३ जना र ललितपुरमा ७ हजार १४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ठूलो हिस्सा होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएयता अहिलेसम्म काठमाडौंमा २ हजार २४७, भक्तपुरमा ४४० र ललितपुरमा ७१३ जना गरी कूल ३ हजार ४०० जनाले ज्यान गुमाइसकेका छन् ।
यो संख्या अझ बढन सक्ने भएका कारण कोरोना जोखिमबाट बच्न बचाउन आवश्यक सावधानी अपनाउनु पर्ने देखिन्छ ।