जापानले कोभिड प्रतिबन्ध फराकिलो बनायो

27

 

टोक्योः ओमिक्रोन संक्रमण बढेपछि जापान सरकारले कोभिड १९ प्रतिबन्ध फराकिलो बनाएको छ। जापानका मुख्य सहरहरुमा शुक्रबारदेखि लागू हुनेगरी सरकारले सो प्रतिबन्ध फराकिलो बनाएको हो।

जपानको स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको हो। नयाँ प्रतिबन्धअनुसार राजधानी टोक्यो सहरलगायत जापानमा अन्य मुख्य सहरहहरुमा थप कडाइ गरिने छ। अत्यावश्यक सेवाबाहेक रेष्टुरेन्ट र बारहरु लगायत भिडभाग हुने अन्य सबै सेवा बन्द हुनेछन्।

जपानमा ११ वर्षदेखि माथिका अधिकांश नागरिकहरुले कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाइसकेका छन्। जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउन अनुमतिसमेत दिइसकेको छ। जपानमा पछिल्लो २४ घण्टामा मात्र ४७ हजार नयाँ संक्रमित थपिएका छन्।