तालिवानले इमरान खानलाई आइएसको कठपुतली भएको आरोप

29

काबुलः अफगानिस्तानको तालिवान नेताले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आतंकवादी समूह आइएसको कठपुतली भनेको छ। अफगानिस्तानको राष्ट्रियता भंग गराउने प्रयास गर्न खोजेको भन्दै तालिवानका नेताले पाकिस्तानी प्रधानमन्त्री खानलाई आइएआइको कठपुतली भनेका हुन्।

‘पाकिस्तानका प्रधानमन्त्री आइएसका कठपुतली हुन्,’ तालिवान सरकारका प्रवत्ताले स्थानीय टेलिभिजनसँग भनेका छन्, ‘उनको जस्तो सरकारले इस्लामिक एमिराट्स अफगानिस्तानको राष्ट्रवादविरुद्ध अवरोध पुर्‍याउन खोज्दैछन्।’

उनले पाकिस्तान चाडै नै पतन हुने र पाकिस्तानको पतन नै खानको भाग्य हुनेसमेत बताएका छन्। तालिवानले करिब पाँच महिनाअघि देखि अफगानिस्तानको सत्ता चलाउँदै आएको छ।