नेपालका १५ जिल्ला रेड जोनमा खतरा बढदो, कुन कुन जिल्ला रेड जोनमा त ?

50

भक्तपुर । नेपालका १५ जिल्ला कोरोना महामारीको रेड जोनमा परेका छन् ।
कोरोनाको हटस्पटको रूपमा रहेका जिल्लाहरूको सङ्ख्या १५ पुगेको हुन् ।
सात प्रदेशमध्ये कर्णाली प्रदेश बाहेक अन्य प्रदेश कोरोना सङ्क्रमणको रेड जोनमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार गण्डकी प्रदेशको नवलपरासी पूर्व पनि रेड जोनमा उक्लिएपछि कोरोनाको हटस्पटको रूपमा रहेका जिल्लाहरूको सङ्ख्या १५ पुगेको छ । विहीबारसम्म उक्त जिल्ला एल्लो जोनमा थियो ।

५०० भन्दा बढि सक्रिय सङ्क्रमित रहेको जिल्लालाई रेड जोन र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लालाई एल्लो जोनमा राखिन्छ भने शून्य सक्रिय सङ्क्रमित भएको जिल्लालाई ग्रिन जोनमा राखिन्छ । अहिले नेपालका कुनै पनि जिल्ला ग्रिनमा जोनमा छैनन् ।

शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरी, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेपलान्चोक, गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका बाँके र रुपन्देही त्यस्तैगरी सुदूरपश्चिम प्रदेशको कैलाली रेड जोनमा रहेका छन् ।

मधेश प्रदेशका पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही र सिराहा , बागमति प्रदेशका नुवाकोट र धादिङ , गण्डकी प्रदेशका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जा, लुम्विनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर एल्लो जोनका परेका छन् ।

आज धादिङ एल्लो जोनमा उक्लिँदा नवलपरासी पूर्व भने रेड जोनमा उक्लिएको हो ।
दैनि हजारौंको संख्यामा कोरोना संक्रमितको संख्या बढे सँगै नेपालमा स्वास्थ्य सेवामा पहुँच कमी हुने पक्का देखिएको छ । यसको नियन्त्रण हामी आफैले गर्नु पर्दछ । कोरोना मापदण्डको पालना गरौं संख्या घटाउन सहयोग गरौं आफू पनि बाँचौं अरुलाई पनि बचाउँ ।