भक्तपुरमा ४ हजार भन्दा बढि संक्रमित

80

भक्तपुर । पछिल्लो समय बढदो कोरोना संक्रमण सँगै भक्तपुरमा पनि संक्रमितको दर उच्च भएको छ ।
देशको नै सानो जिल्लाका रुपमा रहेको भक्तपुरमा हाल ४ हजार २२३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अघिल्लो सप्ताह सम्म दैनिक २० देखि ४० संख्यामा संक्रमित देखिएका भक्तपुरमा केहि दिन यता पाँच सयको हाराहारीमा संक्रमित देखिए सँगै भक्तपुरमा कोरोनाको उच्च जोखिम देखिएको छ ।
नेपालको जनसंख्याको हिसावमा भक्तपुरमा बढि जनघनत्व रहेको छ । यो हिसावमा हाल देखिएको संक्रमण दरले बढि भन्दा बढि जनसंख्यालाई संक्रमण फैलाउन सक्ने भएकाले भक्तपुरमा जोखिम बढदो देखिएको हो ।
कोरोनाको जोखिम बढे सँगै भक्तपुरका प्रशासनिक निकायले यसको रोकथामका लागि विभिन्न काम गर्दै आएको भएपनि हामी आफै यसमा डटेर लाग्नु आवश्यक देखिएको छ ।