भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

30

काठमाडौं  । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए ।

काठमाडौं जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए ।

जसमध्ये करिब ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बताए ।