सूर्यविनायक नगरपालिकाका २३ कर्मचारीलाई कोरोना संक्रमण सेवा प्रभावित

27

भक्तपुर । सूर्यविनायक नगरपालिकाका अधिकांश कर्मचारिलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा प्रभावित भएको छ ।
नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको हो । कार्यालयको प्रमुख प्रशाखसकीय अधिकृत, बिभिन्न शाखाका प्रमुखसहित कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमित रुपमा दिँदै आएको सेवा प्रभावित बनेको हो । नगरपालिका कार्यालय मात्रै नभई बिभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीहरुलाई समेत कोरोना सङ्क्रमण भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेँल, स्वास्थ्य शाखाका प्रमुख बसन्त चापागाईस्हित स्वास्थ्यका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनासहित नगरपालिका कार्यालयका २३ जनामा कोरोना सङ्क्रमण भएको नगरपालिकाले जानकारी दिएको छ ।
यस्तै नगरपालिकका वडा नम्वर १,४ र ९ का जनप्रतिनिधि सहित कर्मचारीलाई संक्रमण देखिएका कारण उक्त वडाहरुको पनि सेवा बन्द भएको छ ।