ज्योतिष देखाउँदै धेरै मानिसले गर्ने प्रश्न

51
मेरो बिबाह कैले हुन्छ?? मेरो बैबाहिक जीवन कस्तो हुन्छ?? हामीले बैबाहिक जीवन बिचार गर्दा विशेष तय ५ ओटा कुरा ध्यानमा राख्नु पर्ने हुन्छ ।
– लग्न देखी सप्तम भाव (१)
– लग्न देखी सप्तम भावको स्वामी (२)
– चन्द्रमा देखी सप्तम भाव (३)
– चन्द्रमा देखी सप्तम भावको स्वामी (४)
– पुरुषकोमा शुक्र र स्त्रीकोमा बृहस्पति (५)
यहि ५ ओटा कुरालाइ विशेष ध्यानमा राखेर बैबाहिक जीवन बिचार गर्न सकिन्छ ।
** कसैको कुण्डलीमा सप्तम भाव र सप्तमेश खराव हुँदा हुँदै पनि बैबाहिक जीवन राम्रो देखीराखेको हुन्छ कारण यहि हो कि चन्द्र देखी 7th र चन्द्र देखी 7th को स्वामी शुभ अबस्थामा हुन्छ । कुनै अबस्थामा शुक्र मात्रै शुभ भएर बसेको हुन्छ । यसले पनि बैबाहिक जिवनमा शुभ प्रभावनै पारीराखेको हुन्छ । जति ढिला बिबाह गर्यो तेतिनै ग्रहको अशुभता क्षीण हुँदैन जान्छ । विशेष तय पुरुषले २९ बर्षको उमेर कटेपछी बिबाह गर्दा र स्त्रीले २६ बर्षको उमेर कटेपछी बिबाह गर्दा माङ्गलीक भएपनी दोश निवारण हुन्छ भन्ने कथन बिद्वानहरुको छ ।
** महर्षी पराशरले, “लग्नको समान चन्द्रमालाई मान्नु” भनेर भन्नु भएको छ । तेसैले चन्द्रमाद्वारा पनी यो सबै बिषयलाई ध्यानमा राख्नु पर्दछ । सप्तमेश र सप्तम जति शुभ छ तेतिनै चाढो अर्थात २५ बर्षको उमेर सम्ममा बिबाह भैसक्छ भने सप्तम र सप्तमेश पाप प्रभावित भए सक्भर केही बिलम्बले नै बिबाह गर्दा राम्रो हुन्छ ।
** यदि उपरोक्त ५ कुरानै कुण्डलीमा शुभ छ भने जातकको बिबाह पनि समयमै हुन्छ तथा प्रगती पनी धेरै गर्छ साथै जातक धन, पुत्र, पत्नीले युक्त हुन्छ ।