बालकुमारी मन्दिरको मूर्ति सातदोबाटोमा भेटियो

70

ललितपुर:- ललितपुरको बालकुमारी मन्दिरको चोरी भएको मूर्ति भेटिएको छ ।

सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति ललितपुरको सातदोबाटो नजिकै फेला परेको हो । ललितपुर प्रहरी परिसरका अनुसार गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेवैमा फेला परेको जानकारी दिएको छ।
सुनाकोठीस्थित बालकुमारी मन्दिरको मुर्ति २० दिनपछि शुक्रबार बिहान खुमलटार नजिकैको एक मन्दिरमा मूर्ती फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आज नै सबै प्रक्रिया पुरा गरेर मन्दिरलाई मूर्ति हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । माघ ८ गते बिहान पुजारीले पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति मन्दिरको ताल्चा तोडेर चोरी भएको थाहा पाएका थिए । पछिल्लो समय उपत्यकामा मूर्ति चोरीको घटना बढिरहेको छ । उक्त मुर्ती चोरी भएको साता नवित्दै भक्तपुरमा पनि मन्दिरका विभिन्न सामान चोरी भएको थियो ।
उक्त मूर्ति चोर र मूर्ति सम्म प्रहरी छिटै नै पुग्ने आँकलन गरेर चोरले मूर्ति उक्त स्थानमा छोडेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
पक्राउ पर्ने डरले चोरले नै उक्त मूर्ति उक्त स्थानमा राखेको हुन सक्ने स्थानीयले समेत बताए ।