ब्रम्हायणी विकास समितिमा साखकर्मी

68

भक्तपुर । ब्रम्हायणी विकास समितिको अध्यक्षमा सहदेव साखकर्मी चयन भएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल ब्रम्हायणी विकास समितिको अध्यक्षमा सहदेव साखकर्मी चुनियका हुन् ।
समितिको फाल्गुण १४ गते सम्पन्न दोस्रो साधारण सभाबाट साखकर्मीको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेश खड्का, सचिव मोनिका कार्की, सहसचिव किरण केसी र कोषाध्यक्ष राजन खत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा राजु साखकर्मी, लक्ष्मण थापा, गंगाराम घोर्साइने र ध्रुव काफ्ले चुनिएका छन् ।
समितिका पहिलो अध्यक्ष अर्जुन कार्कीले साखकर्मिलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।