तपाईको आगामी वर्ष कस्तो होला, २०७९ सालको राशिफल

159

सर्व प्रथम सबैमा २०७९ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।यो बर्ष हजुरहरुको लागि उपलब्धि मुलक,सुखद एबम कार्यसफलता मुखि होस् ।पशुपतिनाथले हामी सबैको रक्षा एबम कल्याण गरून्।
२०७९ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम नल हो।यो बर्षको राजा शनि ग्रह हो भने मन्त्री बृहस्पति ग्रह हो ।शनि ग्रहको कारण यो बर्ष देशमा आपराधिक घटनाहरु,चोरी-लुट्पाट-बलात्कार जस्ता घटनाहरुमा न्यायका कारक शनि बर्ष राजाको भुमिकामा भएका कारण कमि देखिनुका साथै सामाजिक सु-शासन कायम हुनेछ।देशको राजनीति अलि भरक धरतिर लम्किने छ,राजनीतिक सन्तुलन मिलाउन राजनीतिक शक्ति, दल- गुट जनता सामु भुल एबम कमजोरी सुधार गर्दै धर्म,न्याय एबम जनमुखी विषय प्रती सचेत हुँदै अगि लाग्नेछन । चिकित्सा क्षेत्र ठुलो खोज बिकास हुनेछ तर नयाँ रोगको भय भने कायमै होला।उद्योग एबम व्यपार मध्यम होला । बजारमा खाद्य अभाव एबम मुल्यवृद्धि समान गर्नु पर्ने होला। बैंक ,वित्तीय सस्था एबम शहकरी सस्थामा अलि झमेला एबम विवाद देखिएला ।खेतीपति ,जल ,दुधजन्य पदार्थका काममा यो बर्ष कमि आउला ।बर्षा कमि हुँदा कृषि उत्पादनमा कमि होल।
गाडी-फलाम ,निर्माण सामाग्री ,खनिज पदार्थ ,तेल ,सुन-चादिको भाउ अनियंत्रित होला।शेरर मार्केटका आकर्षकको कमि होला,ठुलो योजना एबम बिकास कार्यमा रोकावट देखा पर्नेछ।प्राकृतिक बिपत्ति ,सुख्खा खडेरी ,उच्च तापक्रम जस्ता समस्याको कारण जल वायु परिवर्तनको प्रभाव स्पष्ट देखिने छ।।।
ग्रहमंडलीय अवस्थाको आधारमा यो बर्ष चन्द्र कुन्दलीलाई मात्र आधारले हेर्दा १२ राशिहरुलाइ निम्न अनुसार फल मिल्ने छ।

#मेष : परिवारिक ,प्रेम एबम दम्पतय जीवनमा माध्यम फल मिल्ने देखिन्छ। हरेक कार्य गर्दा धर्यता एबम सोच बिचार गरेर गर्नु होला, हतारको निर्णयले ठूलो मुल्य चुकाउनु पर्ने हुनेछ। भौतिक सुख एबम सम्पतिमा वृद्धि हुनेछ।निर्माण जन्य कार्यमा लाभ मिल्ला।राजनीतिक सफलता हात पर्ने देखिन्छ ।टेक्निकल पढाईमा लाग्ने विद्यार्थीका लागि विशेष बर्ष सबित हुनेछ।

#बृश राशी :- वैदेशिक काममा भने सफलता पाउने योग छ ।रोजगारीमा उच्च पद प्राप्त होला।धर्ममा बिश्वास बढेर जानेछ।खर्चमा वृद्धि होला।आय भने राम्रो नै हुनेछ।शत्रु कमजोर हुनेछ्न।पारिवारिक सुख पुर्ण मिल्ने छ।

#मिथुन :- यो बर्ष काम काजमा सफलता मिल्नेछ।सरकरी तथा राज्य बाट सहयोग मिल्नेछ । कार्य एबम व्यापार वृद्धिले आर्थिक स्थिति मजबुत होला।धर्ममा विशेष रुचि जानेछ।पारिवारिक जीवन सुखमय होला।बोलीमा विशेष ध्यान दिनु होला।

#कर्कत :- आय एबम कार्यमा बिलम्ब भय पनि अन्तत सबै प्रकारको सुखको भोग होला। बोलिमा नियन्त्रण गर्ने । शैक्षिक क्षेत्रमा विशेष जोड दिनु होला।प्रेम एबम वैवाहित जीवन मध्यम होला।न्याय र धर्मका क्षेत्रमा रुचि बढेर जाने देखिन्छ।

#सिह राशी:-यो बर्ष शुभ रहनेछ।कामकाजमा सफलता हात पर्ने देखिन्छ।आकस्मिक लाभ एबम यात्राको अवसर प्राप्त होला।व्यापार -व्यवसायमा सफलता हात पर्नेछ।दाम्पत्य तथा प्रेम जीवनमा अनुकुल नहुन सक्छ।भाग्य मजबुत भएकोे कारण राज्य संमानमा मिल्ने देखिन्छ।

#कन्या राशि :-टेक्निकल पढाई गर्ने बिद्यार्थीका लागि शैक्षिक प्रगति होला ।सन्तान बाट सोचे जस्तो सुख मिल्ने छ।स्वास्थ्य मा ध्यान दिनु होला।धन कमाउनको लागि प्रयत्न धेरै गर्नु पर्नेछ ।आर्थिक कार्य गर्दा सोछ बिचार गर्नु होला। बोली गलत साबित हुदा कुटुम्ब सुखमा कमि एबम मन चिन्तित रहनेछ । दुघटना एबम हानी देखि सावधानी हुनुहोला।बर्ष सुखद नै बित्ला।

#तुला राशी :-शरीरलाई उर्जावन बनाउनु होला। जीवन लाई यो बर्ष अर्थ पुर्न बनाउनु हुनेछ।हरेक काममा चतुर्‍याइँ देखिने छ ।पति -पत्नी बिच सन्का एबम अबिश्वस बढ्न सक्छ।ब्यापार राम्रो नै होला।कार्य सफलता मिल्ने छ।

#बृस्चिक राशी :- यो बर्ष पारिवारिक सुखमा कमि आउला । जग्गा ,जमीन एबम बिलासिता बढेर जाने भए पनि माताको स्वास्थमा ध्यान दिनु होला। शैक्षिक प्रगतिको बर्ष सबित हुनेछ।सन्तान प्राप्ति र सुख मिल्ला ।साथि भाइको सहयोग मिल्नेछ।राज्यको काममा विशेष ध्यान दिनु होला।आयमा वृद्धि हुनेछ।नोकरी भने सफलता मिल्ला।

#धनु राशी :- आयमा वृद्धि होला। विद्या तथा सन्तान सुखमा मिल्नेछ । कार्यमा सफलता एबम राज्य सम्मान मिल्नेछ ।पारिवारिक सुख पुर्ण रुपमा भोग गर्यो योग छ।सवारी साधन तथा गृह एबम भुमि खरिदको वातावरण बन्नेछ ।

#मकर राशि :-आफ्नो कठोर पना छोडेर शान्त एबम सम्यमित
भएर बर्ष बिताउनु होला। माता एबम अन्यको सल्लाह तथा सहयोग लिएर मात्र काम गर्नु होला। राज्य द्रारा सम्मान पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला।जिद्दीपन छोडेर सकारात्मक सोचका साथ अगि बढनुहोला।

#कुम्भ राशि :- सुखि र खुसी देखिनु हुनेछ जसले गर्दा बोलिको प्रभावमा वृद्धि होला। भाग्य ले साथ दिने हुदा हरेक कर्य सफल होला। आयमा वृद्धि हुनेछ।यात्रा अनि धर्मिक कार्यम भने पुर्ण लाभ मिल्ने छ। वैदेशिक कार्यमा लाभ मिल्ला।वैवाहित जीवन सुखमय होला।शनि अशुभ हुनेहरुले भने अलि धार्मिक एबम आध्यात्मिक बाटो अङाल्दै सुखमय जीवन जीउनु होला।

# मीन राशी:- यो बर्ष आर्थिक सफलता मिल्ला।काम एबम व्यापारमा प्रगती भैइ सम्पत्ति एबम धनमा वृद्धि होला।पशत्रु पक्ष बलियो देखियता पनि अन्तत जीत हजुरकै होला।खर्च र आयमा यो बर्ष सन्तुलन बनाउनु होला।बोली कडा एबम कठोर हुने हुँदा बोलिलाई ध्यान दिनु होला।बर्ष सुखदै हुनेछ।

यो वार्षिक राशिफल तपाईको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो ।आधिकरिक फलका लागि तपाईको जन्म समय ,स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेत्नु नै पनेछ।।।
ज्योतिषी आदित्य सुरेश राज गिरि
(महासचिव )
बिश्व ज्योतिष महासघ
राष्ट्रिय समिती नेपाल
सम्पर्क:-9851149039