के हो नेपाल अङ्ग्रेज युद्ध जसको परिणाम हाल सम्म नेपालीले भोग्नु परेको छ

71

भक्तपुर । नेपाल अङ्ग्रेज युद्ध जसको दुस्परिणाम स्वरुप हाल सम्म पनि सुगौली सन्धिको भार नेपालीले खेप्नु परेको छ ।
के हो यो नेपाल अङ्ग्रेज युद्ध किन भयो त ?
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल अङ्ग्रेज युद्ध त्यस बेलाको नेपाल अधिराज्य र इस्ट इन्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली सन्धी भएको थियो र नेपालले आफ्नो एक तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपाल र अङ्ग्रेज इस्ट इन्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो(नेपाल युद्ध ९१८१४–१६० पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानीमा आक्रमण गरेको थियो।

युद्ध
भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्। यस युद्धमा नेपाल विरुद्ध लडेर भन्दा नेपालसँग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ति थापा, काजी उजीर सिंह थापा, काजी बंसराज गुरूङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरू भएको) मा लाहोर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उत्तराखण्ड , हिमाचल प्रदेश तथा पञ्जाब का पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग इस्ट इन्डिया कम्पनी कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्‍यो सिक्किम माथीको अधिकार पनि त्याग्नु पर्‍यो। तर ब्रिटिशले नेपाललाई १८२२ मा मेचीदेखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जंगबहादुर को क्रियाकलापबाट खुशी भएर राप्तीदेखि माहाकाली बिचको तराई भूभाग १८६० मा फर्काएका थिए।

ऐतिहासिक पृष्ठभूमि
शताव्दियोंदेखि काठमाडौँ उपत्यका तीन अधिराज्यहरू १। काठमाडौँ २। पाटन ३। भादगाउँ अहिलेको भक्तपुर बाहिरी खतराको सोच नराखी आपसमा लडाईं गरिरहन्थे। यही संकीर्णताले गर्दा सन् १७६९ मा यस काठमाडौँ उपत्यकामा गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी कब्जा गरे, जसको फलस्वरूप वर्तमानको नेपाल देशको स्थापना भयो ।

सन् १७६७ मा त्यहाँका राजाहरूले ब्रिटेन अधिराज्य समक्ष गोरखा राज्य विरुद्ध लड्नको निम्ति सहायता मागे। कप्तान किन् लोक्को नेतृत्वमा २५०० सेना विना तैयारी लड्नको निम्ति गए। चढाई विपत्तिजनक भयो, ब्रिटिशको बिथाहको सेनालाई गोरखा सेनाले सजिलै जित्यो। काठमाडौँ घाटीको यो विजय सम्पूर्ण क्षेत्रको निम्ति गोरखा सत्ताको विस्फोटक शुरुवात थियो। सन् १७७३ मा गोरखा सेनाले पूर्वी नेपाल कब्जा गर्यो र सन् १७८८ मा सिक्किमको पश्चिमी भागमा अधिकार जमायो। पश्चिमतर्फ काली नदीसम्म सन् १७९० मा लियो। त्यसपछि सुदूर पश्चिम कुमाउ क्षेत्र र यसको राजधानी अलमोरा समेत गोरखा राज्यभित्र हालियो।
त्यसपछि यी लडाईं भए
मोरङको लडाईँ,
मकवानपुरको लडाईँ,
बुटवलको लडाईँ,
अल्मोडाको लडाईँ,
कुमाउँको लडाईँ,
नहानको लडाईँ,
जैथकको लडाईँ,
मलाउको लडाईँ,
देउथलको लडाईँ
नालापानीको लडाईँ

बम शाहले समर्पण गरेपछि अमरसिंह थापा आत्मसमर्पण गर्न बाध्य भए । बम शाहले अल्मोडा पतन भएको समाचार र जमुना पश्चिम का किल्लाहरु छोदिदेउ भनी आज्ञा समेत लेखि पठाएको पत्र १५ मे (जेष्ठ ४ गते) का दिन पाउँदा सो कबूलियतमा सहिछाप गरिदिए। अमर सिंह थापा १८ मे (जेठ ७ गते) र यिनको पत्र पुगेपछि रणजोर थापा २१ मे का दिन (जेठ १० गते) किल्लाहरूबाट प्रस्थान भए। यी बाबु छोराले तराईमा भेट गरी ब्रह्मदेवमण्डीबाट डोटीमा पसे।

बम शाह र अमरसिंह थापाले जो कबूलियत लेखेर आएका थिए, ती क्षणिक सन्धिपत्र का रूपमा थिए। युद्ध चलिरहेको समयमा पनि ब्राडशा र चन्द्रशेखर उपाध्यायका बीचमा सन्धिका कुरा हुँदै थिए। तर ब्राडशाको माग ठूलो हुनाले कुरा नमिल्दा माइराको सम्मति मिलाएर ब्राडशा ले गजराज मिश्रज्यूका साथ् चन्द्रशेखर उपाध्यायलाई पनि काठमाडौँ मा पठाईदिएका थिए।

कुमाउँका किल्लाहरू शत्रुलाई सौपी बम शाह फिरेको सम्माचार आएपछी भीमसेन थापाले मलाउँका किल्लाहरू समेत गुमेको देखि सन्धिपत्र गर्नालाई बिछटै गर्मी र औलो को परवाह नगरी गजराज मिश्र र चन्द्र शेखरलाई ब्राडशा छेउ पठाए । २८ मे (१८७२ जेठ १७ गते) यिनीहरूले सुगौलीमा पुगेर ब्राडशालाई भेटि त्यही मुखाम गरेर सन्धि पत्र लेख्ने अठोट गरे। आफू मध्यस्त भएर सन्धिपत्र गराउनमा अमरसिंह थापा र बम शाह पनि अघि सरेका थिए। तर अमरसिंह थापालाई माइराले र बम शाहलाई भीमसेन थापाले रुचायनन । आफू मध्यस्त भई सन्धिपत्र गराएर भीमसेन थापालाई हटाउने बम शाहको अठोट थियो। यो अठोट भीमसेन थापाले तोडिहाले।

यो सँग सँगै नेपालले सन्धि गर्यो ।

परिणाम
नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य
नेपालको दुई तिहाइ भूभाग गुम्यो
नेपालको ठूलो धनजानको क्षति
नेपालको एक्किकरण अभियानमा रोक बन्द
नेपाली युवा विदेशी सेना भर्ति केन्द्रमा जान सुरु
नेपालमा कम्पनि सरकारको राजदुतावासको स्थापना

दुरगामी परिणाम
एकीकरण अभियान बन्द भए पछि फुर्सद भएका भारदार बीच गुटबन्दीको सुरुवात
नेपालको आन्तरिक मामिलामा दक्षिणको हस्ताक्षेपको सुरुवात
भीमसेन थापाको पतन
कोत पर्व , भण्डारखाल पर्व

सिमाको खिचलो अति महत्त्वकाङ्क्षाले नेपाल अंग्रेज युद्ध निम्त्याएको मान्न सकिन्छ। पचास वर्षे एकिकरण अभियानले गर्दा नेपालीहरू लगातार लडदै आइरहेका थिए नेपालको ठूलो धनराषि एकिकरणका क्रमकमा सकिइरहेको थियो।अझ त्यसमाथी अत्यन्त धेरै धनराषि तिब्बत नेपाल र नेपाल, तिब्बत, चिन बीचका पहिलो र दोस्रो लडाईँमा खर्च भएको थियो। अझ अब गएर नेपालीहरू भन्दा सयौं गुना शक्तिशाली र आधुनिक सैन्य तथा प्रविधि भएको उपनिवेशक ब्रिटेनसँग लडनु पर्ने परिस्थिति श्रृजना भयो। नेपाली सेना नायकहरूलाई पूर्वमा टिष्टा देखि पश्चिम गढवालको अलकान्नद वितरण गर्न अत्यान्त गाह्रो थियो। बडा काजी अमरसिंह थापा, वीर बलभद्र कुँवर तथा सरदार भक्ति थापा लगायत त्यो समय ब्रिटेनसँग लडांइ गर्ने पक्षमा थिएनन। तर प्रधानमन्त्री भिमसेन थापा र उनका भारदार हरूले निर्क्योल निकाले कि नेपालसँग १४०० सेना केही तोप र ४००० राइफल ब्रिटेनसँग लडन पर्याप्त छन।

नेपाल ब्रिटेन युद्ध नेपालका लागि यौटा दुःखद परीक्षा साबित भयो , आधाभन्दा बढी नेपाली भूमि लडाईँमा गुम्यो, तर लडांइले नेपाली हरूको अप्ठेरो युद्धमा पनि रणकौसलता र बहादुरी प्रमाणीत गर्न सफल रहयो। ब्रिटिस सेनाको नेपाल विरूद्धको रणनीति थुप्रै ठाउँमा आक्रमण गर्ने तर काठमाडौँलाई तारो बनाउने रहेको थियो। साथ साथै तिनी हरू पुरै कुमाउ गढवाल र हालको हिमाचल प्रदेशमा पर्ने बुसहैर र नजिकका पाहडी नेपाली राज्य हरू कब्जा गर्ने रणनिती थियो। साथै ब्रिटीस हरू अरू क्षेत्र पनि गोर्खाली मुक्त पार्न चाहन्थे। त्यसैले उनीहरूले सिख र मराठाहरू सँग सन्धी गरी मित्रता बनाए। उनीहरू चिनीयाँ हरूलाई समेत प्रभावीत पारी रहेका थिए भन्नाले उनीहरू नेपाल विरूद्ध ठूलो सैन्य अभियान चालिरहेका थिए । जसले नेपाली सेनालाई बांडने र सान साना खण्डमा टुक्रयाउने योजानका साथ आएका थिए। उनीहरूका सेना नेपाली सेना भन्दा आधुनीक सस्त्र अस्त्रले सुस्सजित मात्र थिएनन । उनीहरूलाई बन्दोबस्तीका समान पनि पर्याप्त दिइएको थियो।

मेजर जनरल मार्ले पहिलो डिभीजनको नेतृत्व गर्दै मकवानपुर कब्जा गरी कठामाण्डौ का लागि अगाडि बढन खटीए भने मेजर जनरल जोन सुलभियन वुड दोस्रो डिभीजनको नेतृत्व गर्दै बुटवल पाल्पा नुवाकोट हुदै उपत्यका हान्न खटिए मेजर जनरल रोलउ जिलेस्पी तेस्रो डिभीजन लिएर सहरानपुर हुदै देहरादुन र श्रीनगर हान्न अघिबढे। कर्णेल अक्टरलोनी लाई चौथो डिभिजन दिइ बिलासपुर, रामगढ, अर्की, मलाउ, सुबाथु, तथा जैथक हान्दै जिलेस्पीका सेनामा मिसीन पठाइयो।साथै क्यापटेन लेटरलाई २४०० भन्दा बढी सेना दीइ जनरल मार्ललाई सुरक्षा दिन बारा पठाइयो।

नेपाल पराजित हुनुका कारणहरू
शासनको कुप्रबन्ध
धनको कमी
युद्ध शिक्षा र हतियारको कमी
प्रचारको कमी