जुनियर खुला कराँते चैत ११ देखि

48

काठमाडौं । नेपाल सितोरियो कराँते डो संघ, छाउनी शाखा डोजो क्लबको आयोजनामा पाँचौँ जुनियर खुला कराँते तथा किक बक्सिङ प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ४५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रञ्जितले बताउनुभयो । पुरुष/महिलामा ११-११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टिम प्रथमले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिनेछ ।

किक बक्सिङको स्पर्धा प्रदर्शनी खेलका रूपमा मात्र समावेश गरिएको आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइने छ । दोस्रो लेगमा फ्रान्सेली क्लब रेनेससँगको हारका बावजुत इंग्लिस क्लब लेष्टर सिटी युरोपा कन्फ्रेन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।