ख्वपका ११ जना शिक्षककर्मचारीहरु सम्मानित

36

भक्तपुर ।
भक्तपुरको ख्वप कलेज र ख्वप माविमा १० वर्षदेखि अनवरत सेवा गरिरहेका ११ जना शिक्षक कर्मचारीहरुलाई शुक्रबार एक समारोहवीच सम्मान गरिएको छ । ख्वप माविको २२ औ, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह २०७८ मा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा ख्वप माविबाट सात जना छन् भने ख्वप कलेजबाट चार जना रहेका छन् । ख्वप माविबाट सम्मानित हुनेहरुमा अन्जना सुवाल, बलराम मुस्याख्व, विना बासी, मीना मचामसी, नीरा श्रेष्ठ, राम कासुला र रामसुन्दर पा श्रेष्ठ रहेका छन् । यस्तै ख्वप कलेजबाट सम्मानित हुनेहरुमा कृष्णराम किसी, रज्जु हाडा, रुपक खड्का र सुनिता गाइसी रहेका छन् ।