हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

59

काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने हुनुभएको छ । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुनगइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।

हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिष्ट र विश्व च्याम्पियन हुनुहुन्छ जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गर्नुभएको छ । अभिनेता सिल्भियो एक्शन फर नेसन्स को सद्भावना दूत पनि हुनुहुन्छ । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिमलगायत महत्वपूर्ण कार्यहरू गरेको भन्दै हालैमात्र अमेरीकामा शो फेष्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।