विश्वकपमा फुटबलमा अफ्रिकाबाट यी टोली छनोट

88
काठमाडौं । विश्वकप फुटबलमा अफ्रिकी महादेशबाट छनोट हुने ५ देशको टुंगो लागेको छ । गएराति सम्पन्न पाँच खेलबाट टोलीको टुंगो लागेको हो ।

अफ्रिकाको फुटबल शक्ति क्यामरुन रोचक प्रतिष्पर्धामा छनोट भयो । पहिलो लेगमा अल्जेरियासँग १-० ले पराजित टोलीले दोस्रो लेगमा २-१ को जित निकाल्यो ।

निर्धारित खेलमा क्यामरुनले १-० को जित निकालेपछि समग्रमा खेल ११ रह्यो । अतिक्ति समयको अन्तिमतिर अल्जेरियाले गोल गर्दै विश्वकपको यात्रा तय गर्ने सम्भावना निश्चित जस्तै भइसकेको थियो । तर, खेल उल्टाउँदै क्यामरुनले अन्तिम मिनेटमा गोल गर्दै कतारको यात्रा निश्चित गरेको हो ।
नाइजेरियामाथि घानाले १-१ को बराबरी निकाल्दै अवे गोलका आधारमा कतारको यात्रा तय गरेको छ । सेनेगलले पेनाल्टीमा इजिप्टमाथि जीत निकाल्यो । इजिप्टका मोहम्मद सलाहले अन्तिम पेनाल्टीमा गोल गर्न चुक्दा सेनेगलले कतारको यात्रा तय गर्यो ।

मोरक्कोले कँगोमाथि ४-१ को जित निकाल्दै विश्वकपको यात्रा तय गर्यो । मालीलाई गोलरहित बराबरीमा रोक्दै ट्युनिसियाले समग्रमा १-० को जित निकाल्यो ।

अफ्रिकी महादेशबाट विश्वपकमा छनोट भएका टोली
क्यामरुन, घाना, ट्युनिसिया, मोरक्को र सेनेगल