भक्तपुरमा तीन दिने पुस्तक प्रर्दशनी हुँदै

43

भक्तपुर । भक्तपुरमा तीन दिने पुस्तक प्रर्दशनी हुने भएको छ । चैत २१ गते देखि २३ गते सम्म भक्तपुरमा वृहत पुस्तक प्रर्दशनी हुने भएको हो ।
सामाजिक संजाल र इलेक्ट्रोनिक डिभाइसका कारण हाल पठन संस्कृतिमा ठूलो ह्रस भएको छ ।
यसैलाई मध्यनगर गर्दै भक्तपुरको कमलविनायक स्थित लामगालमा तीन दिने पुस्तक प्रदर्शनी हुन लागेको आरम्भ नेपालले जानकारी दिएको छ ।
भक्तपुरको कमलविनायक स्थित लामगालमा हुने पुस्तक प्रर्दशनीमा क्यानभासमा भक्तपुरलाई समेटेर कोरेका फोटो प्रदर्शन ,विभिन्न संञ्चार माध्यमबाट सामाजिक, राजनैतिक, विकृति विसंगति विरुद्व छापिएका कार्टुनहरु प्रदर्शन , नवदुर्गाको मुकुन्दो प्रदर्शन ,नाटक मञ्चन भक्तपुरका पुराना फोटोहरु प्रदर्शनी हुनेछ ।

साथै युवा पुस्ता कसरी पठन संस्कृतिबाटा टाडा जाँदै छन् भन्ने विषयमा सामूहिक छलफल पनि आयोजना हुने आयोजकले जनाएका छन् ।