के हो बाइसे राज्य भनेको कुन कुन राज्य थिए यसमा

53

भक्तपुर । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपाल विभिन्न राज्य रजौटामा विभक्त भएको इतिहासले बताउँछ। यी मध्ये पश्चिमका बाइसे राज्य र चौबीसी राज्यहरू उल्लेखनीय थिए । पश्चिमी नेपालको खस राज्य इशाको चौधौँ शताव्दीको उत्तरार्द्धतिर विखण्डित भई ठाउँ ठाउँमा सामन्तहरू स्वतन्त्र हुन थाले। यस प्रकारसँग नेपालको गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए।

बाइसे राज्य भनिएको कारण
जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्लालाई बाइस पाखा भनिन्थ्यो भने जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। यस कुरालाई विसं १८०२ देखि १८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र, विसं। १८५५ मा सुब्बा भयहरण थापाको आज्ञापत्र र विसं। १८७८ मा लेखिएको कल्याल वंशावलीमा उल्लेख गरिएको छ।
त्यस कारण जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनियो। यसरी रहेका बाइसी राज्यहरूमा विद्वान भेन्सिटार्टले २२ वटा, कर्कप्याट्रिकले १८ वटा, बुचानन ह्यामिल्टनले २१ वटा, ओल्डफिल्डले १८ वटा र प्रा. डा. राजाराम सुवेदीले ३० वटा नामहरू प्रकाशन गरेका छन्।

बाइसे राज्यहरूका नाम तथा स्थापना
अभय मल्लको शासनकालमा खसमल्ल साम्राज्यको पतनअगावै कुमाउँ, गढवाल, खारी प्रदेश र डोटी प्रदेश स्वतन्त्र भइसकेका थिए। अभय मल्लकै समयमा मलैबम्मले कालीकोटको मान्मा खाँडाचक्रमा आफ्नो छुट्टै राज्य स्थापना गरिसकेका थिए। वि सं। १८४६ को आसपासदेखि अलग अलग राज्यको रूपमा टुक्रिँदै गएको विशाल खसमण्डलको भु भाग पृथ्वीनारायण शाहको एकिकरण अभियान अगाडिसम्म पनि टुक्रिने र जुट्ने क्रम चलिनै रहेको थियो।

विशाल सिञ्जा साम्राज्यको पतन भएपछि विसं। १४४६ मा सान्नी,

विसं। १४५३ मा दुल्लु र गोताम राज्य बने।

वि।सं। १४५५ मा जुम्ला, जाजरकोट (जक्तिपुर) र रुकुम राज्य स्थापना भए।

वि।सं। १४६५ मा धुर्कोट राज्य बन्यो।

वि।सं। १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाफिकोट र सल्यान राज्य स्थापना भए।

वि।सं। १४८५ मा अछाम र दर्ना राज्य बने।

वि।सं। १४९० मा अर्घा राज्यको स्थापना भयो।

वि। सं। १४९२ मा खाँची राज्य बन्यो।

यसैगरी वि।सं। १४९३ मा पर्वत र गुल्मी राज्य स्थापना भए।

वि।सं। १५०० मा भिरकोट राज्य स्थापना भयो।

वि।सं। १५०२ मा पैयुँ राज्यको स्थापना भयो भने

वि।सं। १५०३ मा बझाङ र थलारा राज्य स्थापना भए।

वि।सं। १५०७ मा दार्मा र थुनी बोसाकोट राज्य स्थापना भए भने

वि।सं १५१० मा ढोर, सतहुँ, गह्रौं र नुवाकोट राज्य स्थापना भए। यसैगरि

वि।सं। १५२४ मा कास्की राज्य स्थापना भयो।

वि।सं। १५५० मा दाङ, गजुल, लमजुङ जिल्ला, पाल्पा, इस्मा र वल्लो मुसीकोट राज्य स्थापना भए। यसै क्रममा

वि।सं। १५५५ मा बाजुरा राज्य,

वि।सं। १५६० मा प्युठान राज्य,

वि।सं। १६०० मा घिरिङ राज्य क्रमैसँग स्थापना भए।

यसैगरि वि।सं १६१० मा तनहुँ, रिसिङ, दर्छा रामपुर र बुटवल राज्य स्थापना भए भने

वि।सं। १६१६ मा गोरखा राज्य,

वि।सं। १६२५ मा धुलीकोट राज्य,

१६३१ मा गलकोट र पालाकोट राज्य,

वि।सं। १७३० मा छिल्ली राज्य,

वि।सं। १७५० मा खुङ्ग्री राज्य र

वि।सं। १७९० मा माल्नेटा राज्य बन्न पुगे। डोटी राज्य त वि।सं। १४०९ मा नै स्वतन्त्र राज्यको रूपमा स्थापित भइसकेको थियो। बन्दै र टुक्रिंदै जाने क्रममा राप्ती र माडी नदीको पश्चिम भेगमा बनेका बाइसी राज्यहरूको सङ्ख्या ३१ सम्म पुगेको थियो भने राप्ती र माडी नदीको पूर्वी भेगमा चौबिसी राज्यहरूको सङ्ख्या २९ सम्म पुगेको थियो।

बाइसे राज्यहरू सथापनाको कारण
डोटी राज्य सिञ्जा साम्राज्यको केन्दिय शासनप्रणालीसँग ससैन्य युद्ध गरेर नै छुट्टिएको थियो भने अन्य बाइसी चौबिसी राज्यहरू सन्तान दरसन्तानमा अंश वितरण गरिएझैं राज्य बाँडफाडकै प्रक्रियामा स्थापित हुँदै गएका थिए। मुस्ताङ र बलिहाङ राज्य पहिलेदेखि नै छुट्टै अस्तित्वमा रहेका थिए। मलय वर्माले आफ्नो जीवनकालमै आफ्ना छोराहरू सुमेरू वर्मालाई सल्यान, मेदिनी वर्मा (जक्तिसिंह)लाई जाजरकोटको जक्तिपुर, पिताम्बर (पर्वता वा पृथ्वीवर्मा)लाई रुकुम र संसारी वर्मालाई दुल्लु र अछाम भेकका महा मण्डलेश्वरको रूपमा नियुक्त गरी आफू सयं खाँडाचक्रबाट महाराजाधिराजको हैसियतामा शासन गरिरहेका थिए। मलै वर्माको मृत्यु पश्चात ती सबै छोराहरूले आफ्नो आफ्नो क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरी राजा बन्न पुगेको थिए। यसै क्रममा अभय मल्लको पलायनपश्चात वि।सं। १४५३ मा संसारी वर्माले आफू महामण्डलेश्वर भएको दुल्लुक्षेत्रलाई नै सर्वप्रथम दुल्लु राज्यको रूपमा घोषणा गरी आफू त्यहाँका राजा बने, तर मलय वर्माका सबै छोराहरू सँगसँगै राज्य टुक्राउँदै राजा भएका थिएनन् र सिञ्जा साम्राज्यलाई टुक्राउँदै बाइसे चौबिसे राज्य बनाउने उनीहरू मात्र थिएनन्। वि।सं। १४५३ मा दुल्लु राज्य मात्र नभएर गोताम राज्य पनि अलग भइसकेको थियो। त्यसैगरी वि।सं। १४५५ मा जुम्ला, जाजरकोट (जक्तिपुर) र रुकुम राज्य स्वतन्त्र भएका थिए। वि।सं। १४६५ मा धुर्कोट राज्य, वि।सं। १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाँफी र सल्यान राज्य स्वतन्त्र भएका थिए। त्यस कारण बाइसे र चौबिसे राज्यको जग मलय वर्मा र उनका छोराहरूले बसालेका थिए भन्नु पनि न्यायसङ्गत देखिदैन। सबै भुरे टाकुरे सामन्तहरू सिञ्जा साम्राज्यको अधिनताबाट मुक्त भएर स्वतन्त्र राजा बन्न चाहन्थे।

२२ से राज्यहरू
१—जुम्ला,
२– जाजरकोट,
३— सल्यान,
४— अछाम,
५— रुकुम,
६— विलासपुर,
७— दुल्लु,
८— डोटी,
९— दैलेख,
१०— आठबीस,
११— सान्नी,
१२— दर्ना (अछाम)
१३— विमकोट,
१४—बोगटान,
१५— गजुल (रोल्पा)
१६— खुम्म्री (रोल्पा)
१७— बाजुरा,
१८— मालनेटा,
१९— बझाङ,
२०— दाङ,
२१— जहरी,
२२— थलार