इतिहासमा जहिले आउने चौबीसी राज्यहरू कुन कुन हुन् त ?

47

भक्तपुर । नेपालको इतिहास अध्ययन गर्दा जहिले पनि बाइसे राज्यहरू र चौबीसी राज्यहरुको विषयमा कुरा आउने गरेको छ । के नेपालमा २२ सय र २४ सय अन्य राज्य पनि थिए र भने जस्तो भान हुने गरेको छ । तर यथार्थमा भने चोबीसी राज्य भनेको २४ सय हैनन ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए । यि राज्यहरूलाई चौबीसी राज्य अथवा चौबीसे राज्य भनिन्छ । गण्डकी प्रदेश भन्दा पश्चिम पट्टी बाइस वटा स ससाना खस राज्यहरू थिए यि बाइसवटा राज्यहरूलाई बाइसे राज्य भनिन्छ । यि चौबीस वटा राज्यका नामहरू यस प्रकार रहेका छन् ।

नुवाकोट
गोरखा
गहैंकोट
ढोर
भिरकोट
स्याङ्जा
कास्की
सतौंकोट
लमजुङ
तनहुँ
रिसिङ्ग
पैयुँ
पाल्पा
गुल्मी
अर्घा
खाँची
धुरकोट
इस्मा
पर्वत
गलकोट
मुसिकोट
प्युठान
उदयपुर
मुस्ताङ
चौबिसे राज्यहरूमा पाल्पा राज्यलाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो।