एमालेका कारण चाँगु नगरको साख नै ध्वस्त भयोः पाण्डे

एमालेको हातमा सत्ता दिन बाँदरको हातमा नरिवल जस्तै

1038

भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले नेकपा एमालेका कारण चाँगुनारायण नगरपालिकाको साख नै खतम भएको बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ७ को घर दैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चाँगुको साख नगर प्रमुख र उपप्रमुखका कारण खतम भएको बताउनुभएको हो ।
उहाँले नगरमा एमाले विजय भएर आएपछि नगरलाई भ्रष्टाचारको अखाडा बनाए, संधिय लोकतन्त्र खतम बनाए भन्दै आरोप लगाउनुभएको हो ।

उहाँले केन्द्र देखि वडा तह सम्म नेकपा एमालेलाई सत्ता सुम्पनु बाँदरको हातमा नरिवल जस्तो नै भएको बताउनुभयो ।

नेकपाको देशमा तीन तहको सरकार थियो तर भ्रष्टाचार र अनैतिक क्रियाकलापका कारण तीन तहको सरकार एमालेले पोलेर खाए भ्रष्टाचारमा चुर्लुम्म देशलाई डुवाए पाण्डेले बताउनुभयो ।

केन्द्र देखी स्थानीय तह सम्म दुई तीहाइको सरकार नेकपाको नै थियो देशलाई धपक्क नै बाल्न सक्ने अवस्थाको सरकार थियो तर आफ्ना क्षेणिक स्वार्थ र भ्रष्टाचारका कारण तीनै तहको सरकार खतम भयो अव पनि उनीहरुलाई नै सत्ता दिनु बाँदरको हातमा पुन नरिवल दिनु जस्तै हुने उहाँको आरोप थियो ।

सहमहामन्त्री पाण्डेले देश र जनताको पाँच वर्ष खेर गयो देश दश वर्ष पछाडी गयो भन्दै अव पनि समयमा नै जनताले विचार नपुञ्याउने भए देश श्रीलंका बन्न सक्ने बताउनुभएको थियो ।

तीनै तहमा नेकपाको दुई तीहाई सहितको सरकार थियो प्रतिपक्षमा रहेको काँग्रेसलाई नेकपाको सरकाले राम्रो काम गरोस र नैतिक दवाब होस भन्ने थियो तर केन्द्रमा बनेको सरकार भ्रष्टाचारको अगुवाको रुपमा रहयो र पार्टी तीन टुक्रा भयो सात प्रदेशमा ६ मा भएको वर्चस्व समेत गुमाउन पुग्यो स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेको छ । अव समयमा सर्वसाधारणले विचार पुञ्याउने दिन आएको छ भन्दै उहाँले नेपाली काँग्रेसका लागि मत माग्नु भयो ।

 

 

उहाँले चाँगुलाई आवश्यक परेको विकास गर्न आफ्ना हरेक उम्मेदवार सक्षम भएको बताउँदै हालका मेयर र एमालेका जनप्रतिनिधिले चाँगुनगरपालिकालाई पार्टी कार्यालय बनाए आफ्ना कार्यकर्ता भर्ना गर्ने र ठेक्का पट्टाको मिलेमत्तोमा कमाउ धन्दा मच्चाउने ठाउँ बनाए यसको निराकरण अवको निर्वाचन भएको उहाँले बताउनुभएको हो ।
उहाँले नेपाली काँग्रेसले विजय हाँसिल नगरेसम्म नगर साझा नगरपालिका नहुने समेत बताउनुभएको थियो ।

कार्यक्रममा मेयरका पूर्व प्रत्यासी राजाराम खड्का, प्रदेश सभा सदस्य एवं भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल लगाएतका नेताले सम्बोधन गर्नुभएको थियो ।
मेयरका उम्मेदवार लगाएत उपमेयर एवं वडा अध्यक्ष सदस्यहरु सहितको टोलिले बागेश्वरीमा घर दैलो एवं उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको निर्वाचन परिचालन सदस्य यादव अधिकारीले बताउनुभयो ।